साहित्य परिषद-भूटानको प्रेस विज्ञप्ति-२०१४

धेरै लामो समयदेखि प्रतीतक्षामा रहेको साहित्य परिषद-भूटानको निर्देशक मण्डली (बोर्ड अफ् डाइरेक्टर्स) बनेको छ र यसको नयाँ कार्यसमिति चयन पनि सम्पन्न भएको छ ।
साहित्य तथा भाषा रक्षा तथा उन्नतिका लागि योगदान दिँदै आएका 13 जना व्यक्तित्वहरु सामेल रहेको निर्देशक मण्डली बनेको छ जसमाः-
1. श्री गंगाराम लामिटारे (अधिकारी),
2. नैनसिंह सारु (मगर),
3. बुद्धमणि ढकाल,
4. शिवलाल दाहाल
5. सञ्चमान खालिङ
6. खगेन्द्र गौतम
7. श्री डिल्लीरामा शर्मा आचार्य
8. डा. लक्ष्मीप्रसाद ढकाल
9. याम थुलुङ
10. डा. गोबिन्द रिजाल
रहनुभएको छ । यद्धपि, निर्दिष्ट योजना अनुसार अष्ट्रेलियाबाट तीनजनाको चयन हुन अझै बाँकी छ ।
यसरी नै श्री भक्त घिमिरेको अध्यक्षतामा सिद्धान्ततः 13 जना नै सदस्य रहेको कार्यसमिति पनि गठन भएको छ । भक्त घिमिरेको अध्यक्षतामा गठित कार्यसमितिमा उपाध्यक्ष श्री प्रकाश धमाला चुनिएका छन् भने सचिव श्री रुपनारायण पोखरेल, कोषाध्यक्ष श्री लक्ष्मण भण्डारी रहेका छन् भने यसरी नै क्रमशः श्री प्रकाशन विभाग संयोजकमा श्री रमेश गौतम (Publication Coordinator), समाज तथा संस्कृति विभाग (Community and culture) संयोजकमा श्री मनोजकुमार राई, सञ्चार तथा मनोरञ्जन (Communication and Entertainment) विभाग संयोजकमा श्री चरण बजगाई, सोही विभागको सहसंयोजक पदमा श्री जेएन दाहाल, परिषदका सम्पूर्ण प्रकाशन कार्यमा सम्पादनको भूमिकाको लागि मुख्य सम्पादक (Chief Editor) मा यतिराज अजनबी रहनुभएको छ ।

यद्धपि, केही हदमा पदहरु रिक्त रहेका छन् जसमा सबै सदस्यहरुको परामर्श र सहमतिबाट चाँडै नै ती पदपूर्ति गरिनेछ ।
यस अनुरुप कार्यसमितिमा अहिलेको हकमा तेह्रजना पदाधिकारी रहनेछन् भने आवश्यकता परेको खण्डमा अझ पदहरु निर्धारण गरी सदस्यहरुमध्येबाट तिनको परिपूर्ति गर्दै लगिने छ ।

हामी चाँडै अमेरिकामा परिषदको दर्ता प्रक्रियामा अघि बढिसकेकाले यस राष्ट्रका कतिपय नियमहरु, कानुनी विधि र निश्चित प्रावधान अनुसार परिषदको संरचना, विधान र पद तथा पदाधिकारीहरुको संशोधन तथा फेरबदल गर्दै जानुपर्ने आवश्यकता रहेको कुरासमेत स्वीकार्दछौं । यस सन्दर्भमा सकेसम्म विगतका अन्योल, असमझदारी, गल्ती-कमजोरीहरुलाई पर पन्छाएर नयाँ उर्जाका साथ परिषदको विशाल लक्ष्यमा हातमा हात र काँधमा काँध मिलाउन हामी पुराना पुस्ताका र नयाँ पुस्ताका सम्पूर्ण उर्जाशील व्यक्तिहरुलाई आह्वान गर्दछौं ।

अन्त्यमा, वर्तमानमा जम्मा पचहत्तर (75) सदस्य रहेको यस परिषदले संसारभरि हाम्रो समुदायका साहित्य शिल्पी र भाषाप्रेमीहरु रहेको वर्तमान परिवेशलाई मूल्यांकन गरी सबैको चाहना र समयको आवश्यकतालाई सम्बोधन गर्नुपर्ने जिम्मेवारी महसूस गरेको छ । यसर्थ, सबैले आ-आफ्नो क्षमता र चासोलाई एकाकार गर्दै परिषदको उपयोगिता सिद्ध हुने किसिमले काम गरिदिनु हुन सविनय निवेदन गरिन्छ ।

रुपनारायण पोखरेल
सचिव
साहित्य परिषद्-भूटान