साहित्य परिषद् भूटानको कविता संग्रह प्रकाशन सम्बन्धि सूचना तथा आह्वान

साहित्य परिषद् भूटानले २०१९ को अन्तसम्ममा कविता सङ्ग्रह प्रकाशन गर्ने निर्णय लिएको कुरा सम्पूर्ण स्रष्टा र पाठकहरूमा सहर्ष जानकारी गराउन चाहन्छौँ । यसै सन्दर्भमा हामी यस सङ्ग्रहमा आफ्ना कविता समावेश गरी भूटानी नेपाली साहित्य भण्डारको विकासमा सहयोग गरिदिनुहुन भूटानी पृष्ठभूमि भएका तमाम कविहरूलाई आव्हान गर्दछौँ।

आफ्ना रचना सम्प्रेषण गर्दा निम्न कुराहरूको पालना गरिदिनुहुन कविहरूलाई अनुरोध गर्दछौँ:

१.स्वदेश (भूटान) मा रहेका, नेपाल वा पुनर्वास भएका र अन्य कुनै पनि तेस्रो मुलुकमा बस्ने भूटानीहरूले आफ्नो उत्कृष्ट ५ वटा सम्म कविता प्रकाशनको लागि पेस गर्न सक्नुहुनेछ । कविता छनोटको अन्तिम निर्णय सम्पादन समितिमा निहित रहनेछ।
२. हामी सबै पृष्ठभूमिमा लेखिएका कविताहरूलाई स्वीकार गर्दछौँ यद्यपि आफ्ना कवितामा समग्र भूटानी सामाजिक, आर्थिक, राजनैतिक, साहित्यिक, सांस्कृतिक अमन-चैनको मूल लक्ष्य राखिएका सामग्रीलाई पूर्ण प्राथमिकतामा राखिने छ।
३. यस प्रकाशनका सबै कविता नेपाली भाषामा मात्र रहने भएकाले कविता देवनागरी लिपिमा, कोकिला मुद्र वर्ग (फन्ट ) को १६ साइजमा टंकण गरी वर्ड फर्म्याटमा सम्प्रेषण गर्नु पर्नेछ।
४. पहिले कुनै पनि पत्रिका वा किताबमा छापिएका कविता स्विकारिने छैन। कविता कुनै वेबसाइटमा छापिएका भए सोको पूर्ण विवरणसहित सम्प्रेषण गर्नु पर्नेछ ।
५. कविता मौलिक हुनु पर्नेछ। सम्पादन समितिलाई प्रेषित कविताको मौलिकतामा आशङ्का लागे सो कविता अस्वीकार गरिने छ।
६. सम्प्रेषित कविताप्रति साहित्यिक चोरी वा प्रतिलिपि अधिकारसम्बन्धी प्रश्न वा उजुरी आए या अभियोग लागे कवि स्वयम् जिम्मेवार वा जबाफदेही हुनु पर्नेछ।
७. सम्पादनको क्रममा व्याकरणगत त्रुटिका अलावा कविता वा कवितांशको मर्म नै परिवर्तन हुने गरी परिमार्जन गर्नु परेमा सम्पादन समितिले लेखकसँग दोहोरो संवाद गर्नेछ।
८. रचना सम्प्रेषण गर्दा सोसँगै कविले आफ्नो छोटो परिचयसहित आफ्नो एक प्रति फोटो अनिवार्य समावेश गर्नु पर्नेछ।
९. कुनै राष्ट्रियता, जाति, धर्म, सम्प्रदाय अन्य आस्था वा व्यक्ति विशेषको अपमान हुने किसिमका शब्द सम्बोधन वा भाव समेटिएका सामग्रीलाई प्रकाशनमा समावेश गरिने छैन ।
१०. सम्पादन समितिले सम्प्रेषित कविताको असमावेशसम्बन्धि स्पष्टीकरण दिने छैन।
११. कविलाई कुनै पारिश्रमिक दिइने छैन ।
१२. कविता ३० अक्टोबर २०१९ सम्ममा editor@bhutaneseliterature.com मा पठाइसक्नु पर्नेछ। पठाइएको कविता /कविताहरू उक्त कविता सङ्ग्रहका लागो हो भनी खुल्ने गरी इ-मेलको विषयमा “कविता सङ्ग्रहको लागि” भनी उल्लेख गरिदिनु हुन अनुरोध छ।
१२. अन्य इमेल तथा माध्यममार्फत पठाइएको कुनै पनि कविता मान्य हुने छैन।
१३. सङ्ग्रहमा प्रकाशित कविताको सर्वाधिकार साहित्य परिषद्मा निहित रहने छ।

प्राप्त भएका कविताको मूल्याङ्कन गर्ने तथा तिनलाई सङ्ग्रहमा समावेश गर्ने/नगर्ने निर्णयाधिकार साहित्य परिषद् भूटानको सम्पादन समितिमा निहित रहने छ। सम्पादन कार्य सम्पन्न भएपछि सङ्ग्रह छापामा पठाइनुपूर्व कविहरूको नामावली हाम्रो वेबसाइटमा सार्वजनिक गरिनेछ। सबै कविता र कविहरूप्रति साहित्य परिषद् हार्दिकतापूर्वक सम्मान जनाउँदछ तथापि कुनै कारणवश पठाइएको रचना प्रकाशोन्मुख विशेषाङ्कमा समावेश गराउन नसकिएमा परिषद्कै चालू अनलाइन प्रकाशन www.bhutaneseliterature.com मा प्राथमिकताका साथ समावेश गरिनेछ वा सम्बन्धित व्यक्तिको बौद्धिक सम्पत्तिको रूपमा भविष्यका कुनै प्रकाशनमा समावेश हुने गरी परिषद्ले सञ्चय गरी राख्नेछ ।

धन्यवाद ।

प्रकाशन समिति
साहित्य परिषद् भूटान