कार्यक्रम स्थगित भएको जानकारी

आदरीण स्रष्टा, शुभचिन्तक,भाषा-साहित्य प्रेमी सज्जन महानुभावहरू,

साहित्य परिषद्, भूटानले आगामी १८ जुलाई २०२० का दिन आयोजना गर्ने भनिएको पूर्वघोषित अधिवेशन (कार्यक्रम) विद्यमान वैश्विक रूपमा फैलिएको कोरोना महामारीका कारण स्थगित गर्ने निर्णय गरेको ब्यहोरा यहाँहरूलाई अवगत गराउन चाहन्छ । गत ९ मई २०२० का दिन बसेको परिषद्,का बोर्डको पूर्ण बैठकले अर्को सूचना प्रकाशित नभएसम्मका लागि सो कार्यक्रम स्थगित गर्ने निर्णय गरेको हो । यस निर्णयबाट यहाँहरूमा पर्न गएको अप्ठ्यारो र असुविधाप्रति साहित्य परिषद्,भूटान विनम्रतापूर्वक क्षमायाचना पनि गर्दछ ।

खेम रिजाल
सचिव
साहित्य परिषद्,भूटान
संयुक्त राज्य अमेरिका
मिति: १० मई २०२०